Loving nepal news

Thursday, April 1, 2010

भीषण असिनापानीले करिब रु. दस करोडको तरकारी र फलफूल

दमौली, १९ चैत (दैनिकी)

तनहुँको बन्दीपुर गाविसको वरादी, सत्रसय, मर्कीचोक, एक्लेफाट, आँवुखैरेनी बजार आसपासको क्षेत्रमा तीन दिनसम्म आएको भीषण असिनापानीले करिब रु. १० करोडको तरकारी र फलफूलबालीमा क्षति पुर्‍याएको छ। सोमबार, मङ्गलबार र बुधबार ६ पटकसम्म आएको असिनापानीले लहरे तरकारीबाली, सुन्तला, कागती, नासपाती, लिची, फलफूल र गहुँ तथा मुसुरो बालीमा असिनाले पूर्णरूपमा नष्ट पुर्‍याउँदा उक्त रुपैयाँबराबरको क्षति भएको कृषकले बताए।
हावाहुरीसँगै आएको १०० ग्रामभन्दा ठूलो असिनाले कृषकले लगाएका तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ। गत वर्ष पनि उक्त क्षेत्रमा असिनापानीले रु. ६ करोड बराबरको तरकारी बाली र फलफूल खेतीमा क्षति पुर्‍याएको थियो। करेला, घिरौला, लौका, फर्सी, काँक्रो, भन्टा, गोलभेंडालगायतका तरकारी खेतीमा असिनापानीले पूर्णरूपमा क्षति पुर्‍याएपछि चिन्तित कृषक तेजबहादुर चितौरेले भन्नुभयो–…प्रकृतिले ठगेपछि हामी निकै मर्माहत भएका छौँ।'
जिल्ला कृषि विकास कार्यालयका प्रमुख दण्डपाणि खनालले असिनापानीले तरकारी र फलफूल खेतीमा ठूलो क्षति पुर्‍याएको जानकारी दिँदै क्षतिको विस्तृत विवरण भने आइनसकेको बताउनुभयो। आफूहरुको आम्दानीको प्रमुख स्रोतनै असिनापानीले चुँडाएर लगेपछि पीडित कृषकहरूले सरकारसँग राहतको माग गरेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks