सञ्जीव चापागाई,झापा २० चैत
चिकित्सकको लापरवाहिका कारण विरामिको मृत्यु भएको भन्दै आक्रोसीत आफन्त र स्थानियवासीले झापाको चारालि स्थीत माता पाथिभरा अस्पतालमा तोडफोड गरेका छन । धाइजन ३ घर भएकी ४३ वषिर्या चमेली मेचेको उपचारका क्रममा मृत्यु भएपछि स्थानीवासी र मृतकका आफन्तले गयराति अस्पतालमा तोडफोड गरेका हुन ।ढाडको रोगवाट पिडीत मेचेलाई उपचारका लागि अस्पताल भर्ना गरीएको थियो । मेचेलाई अस्पतालले भद्रपुर स्थीत ओम साहि अस्पतालमा रेफर गरीएको र उपचारकै क्रममा उनको गयराति मृत्यु भएको थियो ।
मृतकको सव सहित अस्पताल पुगेका आक्रोसीत र्सवसाधारणले चिकित्सकले लापरवाहि गरेका कारण विरामिको मृत्यु भएको भन्दै रातिनै अस्पताल तोडफोड गरेको चारालि प्रहरीले जनाएको छ । यसैविच घटनामा आफ्नो लापरवाहि भएको स्वीकार गर्दै अस्पतालले मृतकका परीवारलाई पाँचलाख रुपैया क्षतिपुर्ति दिने सहमति जनाएपछि विवाद साम्य भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks