रोहित कुमार मण्डल सप्तरी,२६चैत
तराईमा सशस्त्र संघर्षरत मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी सप्तरी इन्चार्ज सहित ११ जना कार्यकर्ताहरु आज सरकार सँग वार्तारत मधेस मुक्ति टाइगर्समा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरुमा मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी सप्तरी जिल्ला इन्चार्ज रामु सहनि, सप्तरीको कोइलाडी गाविस ७का मुनालाल सहनि , कमलेश मण्डल रम्पुरा मल्हनिया ९का लाल मुखिया, जितेन्द्र कुमार यादव, हिरालाल शर्मा र कोइलाडी ६का कृष्ण देव मण्डल, संजय मण्डल, पवन मण्डल, गिरिजा मण्डल सहितकाहरु रहेका छन्।
उनीहरुले आज राजविराजमा आयोजित एक कार्यक्रम विच सो पार्टीमा प्रवेश गरेको मधेस मुक्ति टाइगर्सले जनाएको छ।
सो पार्टी प्रवेश कार्यक्रममा मधेस मुक्ति टाइगर्सका वार्ता टोली संयोजक मंगल पाण्डे भनिने भोला मुखिया , वार्ता टोलीका सदस्य अजाद विद्रोही भनिने अनिल झा लगायतकाहरुको उपस्थिति रहेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks