Loving nepal news

Saturday, April 3, 2010

बन्द रहेको निर्धन उत्थान बैक भोलीदेखी खुल्ने

श्याम शंकर पाण्डे, भैरहवा चैत्र २१

कर्मचारीहरुको आन्दोलनका कारण बिगत एक हप्ता देखी बन्द रहेको निर्धन उत्थान बैकं भोलीदेखी सञ्चालनमा आउने भएको छ । बैकंमा कार्यरत कर्मचारीलाई युनीयनमा लागेको आधारमा पदबाट निलम्बन गरीएको भन्दै आन्दोलीत कर्मचारीहरुका मागका बिषयमा छानबिन गर्न ब्यबस्थापन पक्षले समीती गठन गरेपछि बैकं भोलीदेखी सञ्चालनमा आउने भएको हो ।
छानबिन समीतीको प्रतीबेदन र्सार्वजनीक नहुदाँ सम्म घोषीत आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिईएको कर्मचारीहरुले बताएका छन् । बैकंले जागीरबाट निकालीएका भनीएका कर्मचारी चौधरीको पुनवहाली र अन्य कर्मचारीहरुको ग्रेड तथा सरुवा समायोजन नभए पुनःआन्देलनमा जाने नेपाल राष्टिय कर्मचारी सगंठन शिर्द्धार्थनगरका अध्यक्ष निरज सिहंकुवंरले जानकारी दिनु भयो ।
बैकंको शाखा कार्यालय गजंभवानीपुरमा कार्यरत सहायक कर्मचारी तथा सगंठनका क्षेत्रीय सयोंजक चोपकान्त चौधरीलाई ब्यबस्थपन पक्षले पुर्वाग्रही ढगंले जागीरबाट हटाएको भन्दै अन्दोलीत नेपाल राष्टिय कर्मचारी सगंठन शिर्द्धार्थनगरले बैकंका क्षेत्रय कार्यालयहरु भैरहवा, बिरगंज, बिराटनगर, नेपालगंज र चितवनमा समेत तालाबन्दीगरी कामकाज ठप्प पर्दै आएका थिए ।
सो बैकंले हाल पाचँवटा क्षेत्रीय कार्यालय र २५ जिल्लामा ७५ वटा शाखा कार्यालयहरु मार्फ आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks