पर्सा, २५ चैत (दैनिकी)
पर्साका विभिन्न स्थानमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)को सहयोगमा नेपाली जग्गा अतिक्रमण हुने गरेको तथ्य सार्वजनिक भएको छ। एसएसवीले सीमाक्षेत्रमा रही सीमास्तम्भका बारेमा सर्वे गरेको प्रतिवेदनमा पर्साका विभिन्न स्थानमा भारतीयद्वारा नेपाली भूभाग कब्जा गर्नुका साथै सीमास्तम्भसमेत गायब हुने गरेको जनाएको छ। सबैठवा गाविसको सीमासँग जोडिएको सिमाना चारवटा ठूला र ३७ वटा साना स्तम्भ रहेकामध्ये ४०५ को ३, ६ र १० नम्बरका तीनवटा पिलर हराएको सशस्त्र सुरक्षा बेसक्याम्प सबैठवाकले जनाएको छ।
त्यस्तै आठवटा पिलर जीर्ण अवस्थामा रहेका र ती पिलर तत्काल मर्मत गर्नुपर्ने आवश्यकता रहेको वेसक्याम्पका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रामजङ्ग श्रेष्ठले बताउनुभयो। भारतको पश्ञ्चिमी चम्पारणमा पर्ने कठिया–मठिया पञ्चायत वडा नं. १ का भारतीय बासिन्दाले नेपाल भारतबीचको दशगज्जा क्षेत्रमा नेपालको भूमि अतिक्रमण गरी १२ वटा घर टहरा बनाएका छन्। जुन जंगे पिलर नं ४०६ को लहावरथकरी गाविस वडा नं. ९ धोबियाटोलाअन्तर्गत पर्ने निरीक्षक श्रेष्ठले बताउनुभयो। उहाँले ती सम्पूर्ण कुरा समेट्ने गरी प्रतिवेदन तयारपारी सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौं पठाएको निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks