Loving nepal news

Sunday, April 4, 2010

झोलुङ्गे पुलको शिलान्यास

बर्दिवास, २२ चैत (दैनिकी)

जिल्लाको मराह नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । तीनसय मिटर लामो उक्त पुलको आइतबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गर्नुभयो । एघार करोड ८४ लाख छ हजार दुइ ६९ रुपैयाको लागतमा दुइ वर्षभत्र पुल निर्माण गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।
शिलान्यास समारोहमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारी, कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमारसिंह यादव, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्रीलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks