Loving nepal news

Thursday, April 8, 2010

खेलमैदानका निम्ति सहयोग

दाङ, २६ चैत (दैनिकी)

जिल्ला विकास समितिले स्थानीय उच्चमाविमा खेलमैदान निर्माण गर्न रु. १० लाख प्रदान गरेको छ। घोराहीस्थित पद्मोदय उच्चमाविलाई उक्त रकम प्रदान गरिएको जिल्ला विकास समितिले जनाएको छ। जिविसले विकास बजेटबाट उक्त रकम प्रदान गरिएको हो। खेलमैदान निर्माण गर्न जिविसले रकम उपलब्ध गराएको जानकारी पाएपछि उक्त उच्चमाविका विद्यार्थीसहित स्थानीय खेलप्रेमी हर्षित भएका छन्। रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks