Loving nepal news

Wednesday, April 7, 2010

फाइनल खेलमा नेपाल आज अफ्घानस्तानसंग खेल्दै

एसीसी ट्रफी एलिट कप–२०१० क्रिकेट प्रतियोगिता

काठमाडौं, २६ चैत (दैनिकी)

एसियाली क्रिकेट परिषद् (एसीसी) ट्रफी एलिट कप–२०१० क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा नेपाल आज अफ्घानस्तानसंग खेल्दैछ । बुधबार भएको सेमिफाइनलमा नेपालले मलसियालाइ ८ रनले पराजित गरेको थियो । मलेसिया बिरूध्द पहिला व्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले नट आउट रही ९७ रन, शक्ति गौचनले ५२ रन, ज्ञानेन्द्र मल्लले ४९ तथा महेश क्षेत्रीले ४३ रन बनाएका थिए।
१६० रनको लक्ष पछ्याएको मलेसियाको टोली ४९।४ ओवरमा सबै विकेट गुमाएर २६३ रन मात्र बनाउन सक्यो। मलेसियाको तर्फ वाट सुरेशले ११५, सफिकले ३१ तथा सोहनले ७० रन बनाएको थियो। नेपालकोतर्फबाट पारसले ४२ रन दिएर २ विकेट तथा सन्जोग्ले ६० रन दिएर २ विकेट लिएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks