काठमाडौं, २५ चैत (दैनिकी)
एसियाली क्रिकेट परिषद् (एसीसी) ट्रफी एलिट कप–२०१० क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। यस अघि मंगलबार भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराउँदै समूह ए को विजेता बनेको छ। आयोजक राष्ट्र कुवेतको हुवारा क्रिकेट मैदानमा हिजो सम्पन्न खेलमा कुवेतलाई पराजित गर्दै नेपालले ८ अङ्क बनाएको छ। खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले कुवेतलाई ४२ ओभरमा १२० रनमा सीमित पारेको थियो।
कुवेतलाई झिनो रनमा समेट्ने क्रममा नेपालका सञ्जम रेग्मीले सर्वाधिक ४ विकेट लिन सफल भए। त्यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासले ३, मेहबुब आलमले २ र टोली कप्तान पारस खड्काले एक विकेट लिएका थिए। नेपालले १२१ रनको खिरिलो विजय लक्ष्य २६.४ ओभरमा २ विकेट खर्चिदै भेट्टाएको थियो। नेपालका लागि ब्याटिङतर्फ महेश क्षेत्रीले ६३ रनको अर्धसतकको योगदान गरेका थिए भने अनिल मण्डलले ३३ र शक्ति गौचनले १३ रन बनाएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks