सबभन्दा बढी ४२५ रन बनाउने जैक कालिसले अरेन्ज क्याप सबभन्दा बढी १४ विकेट लिने अमित मिश्रालार्इ परपल क्याप
काठमाडौं, २४ चैत्र (दैनिकी)
आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा राजस्थान रोयाल्सले डेक्कन चार्जर्सलाई रोमाञ्रचक खेलमा २ रनले पराजित गरेको छ। नागपुरमा भएको यस खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको राजस्थान रोयाल्सको टोली १९.५ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो। राजस्थान रोयाल्सको तर्फबाट ४ छक्का र १४ चौका प्रहार भएको थियो। राजस्थान रोयाल्सको तर्फ बाट वाटशनले ३ छक्का र ३ चौकाको मद्दतले ३६ बलमा ५८ रन तथा फजलले ४ चौकाको मद्दतले २९ बलमा ३६ रन बनाएका थिए। डेक्कन चार्जर्सका लागी आरपिसिहंले ३ तथा हरमित सिहं तथा रायन ह्यारिसले २,२ विकेट लिएका थिए।
१६० रनको लक्ष पछ्याएको डेक्कन चार्जर्सको टोली पनि १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो। डेक्कन चार्जर्सको तर्फबाट ५ छक्का र १५ चौका प्रहार भएको थियो। डेक्कन चार्जर्सको तर्फबाट रोहित शर्माले २ छक्का र ८ चौकाको मद्दतले ४४ बलमा ७३ रन तथा गिलक्रिष्टले ३ छक्का र ३ चौकाको मद्दतले १७ बलमा ३४ रन बनाएका थिए। राजस्थान रोयाल्सका लागि वार्नले ४, त्रिवेदीले ३ तथा डोलले २ विकेट लिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks