एसीसी एलार्इट कप क्रिकेट
काठमाडौं, २० चैत्र (दैनिकी)
एसीसी एलार्इट कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानलार्इ ६ विकेटले पराजित गर्दै लगातार दोस्रो बिजयी हासिल गरेको छ। पहिला ब्याटिङ्ग गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । नेपालले सो लक्ष ३८.३ ओभरमा ४ विकेट मात्र गुमाएर पार गरेको थियो।
पहिला ब्याटिङ्ग गरेको ओमानका लागि बैभवले ५६, इलियासले २२, सुल्तानले २० तथा आमिरले २४ रन बनाएको थियो। १४० रन बनाउदा ५ विकेट मात्र गुमाएको ओमानको अन्तिम ५ विकेट २९ रन मात्र बनाएर आउट भएका थिए। यसमा पनि ओमानको अन्तिम विकेटले १६ रनको साझेदारी गरेको थियो। नेपालको तर्फबाट राहुल बिश्वकर्माले ३२ रन दिएर ३ विकेट तथा शक्तिले २३ रन दिएर २ विकेट लिएको थियो।
१७० रनको लक्ष्यलाई पछेयाएको नेपालले सो लक्ष ३८.३ ओभरमा ४ विकेट मात्र गुमाएर पार गरेको थियो। नेपालको तर्फबाट महेश क्षेत्रीले ३५, अनिल मन्डलले ३९, बसन्त रेग्मीले २९ पारस खड्काले २९, शरद भेषवाकरले नट आउट रही २२ रन तथा दिपेन्द्रले नट आउट रही १४ रन बनाएको थियो। ओमानको तर्फबाट आमिर अलिले ३ विकेट लिएको थियो। आजको खेलमा नेपालका सबै व्याट्सम्यानहरूले योगदान दिएका थिए।
शनिबार नेपालले सिंगापुरसंग खेल्ने छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks