Loving nepal news

Thursday, April 1, 2010

अष्ट्रेलियाले न्यूजील्याण्डलाई १७८ रनले हरायो

काठमाडौं, १८ चैत्र (दैनिकी)

अष्ट्रेलिया तथा न्यूजील्याण्ड बीच ह्यामिल्टनमा भएको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले न्यूजील्याण्डलाई १७८ रनले हराएको छ। टस जितेर पहिला व्याटिगं गरेको अष्ट्रेलियाले पहिलो पारीमा २३१ रन बनाएको थियो। यसको जवाफमा न्यूजील्याण्डले आफ्नो पहिलो पारीमा २६४ रन बनाएर ३३ रनको अग्रता लिएको थियो।
तर अष्ट्रेलियाले दोस्रो पारीमा राम्रो व्याटिगं गर्दै खेलमा फर्केको थियो। अष्ट्रेलियाले दोस्रो पारीमा ८ विकेट गुमाएर ५११ रन बनाउदै पारी सकिएको घोषना गरेको थियो। ४७९ रनको लक्ष पाएको न्यूजील्याण्डको टोलीले दोस्रो पारीमा ३०२ रन मात्र बनाउन सक्यो।
यस खेलमा १० विकेट लिएका अष्ट्रेलियार्इ बलर जोनशन म्यान अफ द म्याच भएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks