Loving nepal news

Wednesday, March 10, 2010

गृह राज्यमन्त्रीद्बारा आफ्नो पदबाट राजीनामा

अन्सारीले राजिनामा पछी गृहमन्त्री भीम रावलमाथी थप नैतिक दवाब
काठमाडौं, २६ फागुन (दैनिकी)

गृह राज्यमन्त्री रिजवान अन्सारीले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री माधब कुमार नेपालले वहाँको राजिनामा तुरुन्त स्विकृत गर्नु भएको छ। जमिम शाह र अरुण सिंघानियको हत्या पछी उहाँले देशको शान्ती सुरक्षा कमजोर हुनुको प्रमुख कारण गृहमन्त्री भीम रावलको कमजोरी रहेको भनेर वक्तव्य दिएपछी उहाँको पद संकटमा परेको थियो। उक्त बक्तव्य पछी मंगलबार प्रधानमन्त्री नेपालले उनलाई बोलाएर पदबाट राजीनामा दिन दबाब दिएका थिए ।
अन्सारीले राजिनामा पछी पत्रकारहरुलाई देशको शान्ती सुरक्षा अस्तव्यस्त रहेकोमा सो को नैतिक जिम्मेवारी लिदै आफुले राजीनामा दिएको बताए। उहाँको यस बक्तव्य पछी गृहमन्त्री भीम रावलमाथी थप नैतिक दवाब परेको छ। गृह राज्यमन्त्रीको राजिनामा पछी एमालेमा थप राजनैतिक संकट बढेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks