प्रमोद आचार्य चितवन २८ फागुन
अखिल का्रन्तीकारीका केन्द्रीय महासचिव हिमाल शर्माले नेपाल अहिलेसम्म नयाँ नेपालमा रुपान्तरण हुन नसकेको भन्दै नयाँ नेपालको सुरुबात शिक्षा क्षेत्रबाट हुनुपर्ने बतायनुभएको छ। स्वतन्त्र बिद्यार्थी यूनियन बालकुमारी कलेज नारायणगढले आयोजना गरेको स्पोर्टस मिट कार्यक्रमको आज समापन गर्दै महासचिव सर्माले शिक्षाको नयाँ ढङगले पुर्नसंरचना नगरेसम्म नयाँ नेपाल बन्न नसक्ने दाबी गर्नुभयो। महासचिव शर्माले राजनीतीक दलको बेइमानीका कारण देशमा ठूला ठूला राजनीतीक परिबर्तन भएपनि शिक्षाको गुणस्तर जस्ताको त्यस्तै भएको बताउनुभयो। उहाँले सहमती र सहकार्यको नाममा राष्ट्रघाती संबिधान बन्न नदिने समेत बताउनुभयो। शान्ती र संबिधानको लागी बिद्यार्थीहरु अझै लड्न र बिद्रोह गर्न तयार रहेको शर्माको भनाइ छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks