Loving nepal news

Thursday, March 11, 2010

सेनाले चलाएको गोलीलागी एक घरका ३ को मृत्यु

काउलो लिन जंगल गएका निर्दोष महिलाहरुलाई सेनाले गोली हानेको
सुरेश गिरी सुर्खेत,२८ फागुन

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेनाले हानेको गोली लागि बर्दियाको बाँसपानीमा एकै परिवारका ३ जना महिलाको मृत्यू भएको छ।सेनाको गोली लागि सुर्खेतको हरिहरपुर गाउँ बिकास समिति–२ का ३६ बर्षिया देबिसरा बिक, उहाँकी बहिनी ३३ बर्षिया अमृता बिक र देबिसराकी छोरी १३ बर्षिया चन्द्रकला बिकको ज्यान गएको हो। निकुञ्जमा अस्तिराती करिब साढे ८ बजेतिर बर्दियाको ठाकुरद्धाराबाट गस्तिमा गएको नेपाली सेनाको टोलीले हतियारसहित भाग्न खोज्ने उनिहरुलाई गोली हानेको बताइएको छ।
सेनाले देबीसराका श्रीमान ४० बर्षिय कृष्णबहादुर बिकलाई ३ वटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने गोली र बारुदसहित पक्राउ गरेको छ। मृतकहरुको लाश ईलाका प्रहरी कार्यालय भुरीगाउँ बर्दियाबाट गएको प्रहरी टोलीले जिल्ला अस्पताल बर्दियामा पुर्‍याएको छ भने पक्राउ परेका कृष्णबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा बुझाईने प्रहरीले जनाएको छ। हरिहरपुरका स्थानियबासीहरुले काउलो लिन जंगल गएका निर्दोष महिलाहरुलाई सेनाले गोली हानेको बताएका छन् भने सेनाले निकुञ्जमा चोरीशिकार गर्न गएकाहरु भाग्न खोज्दा गोली हानेको बताएको छ। उनिहरुसँगै रहेका अरु चोरशिकारीहरु भाग्न सफल भएको सेनालाई उदृद गर्दै बर्दिया प्रहरीले जनाएको छ। घटना अस्तिराती नै भएपनि प्रहरीको टोली हिजोसाँझ ५ बजेपछि मात्रै घटनास्थलमा पुगेको थियो।घटनास्थल बर्दिया र सुर्खेतको सिमानामा पर्छ।
घटनाको बिस्तृत अनुसन्धान भैरहेको घटनास्थल पुगेका ईप्रका भुरीगाउँका प्रहरी सई बसन्तसिंह ठकुरीले जानकारी दिनुभयो। घटनास्थलमा फोन सम्पर्क नभएकाले घटना बाहिर आउन ढिलो भएको प्रहरीले जनाएको छ। यसअघि कृष्णबहादुरको पनि ज्यान गएको भन्ने अपुष्ट खबर प्राप्त भएको थियो

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks