Loving nepal news

Wednesday, March 10, 2010

महामारीको स्थिति आउन नदिने

प्रिया स्मृती ढकाल, २५ फाल्गुण जेठ (दै��

स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले बिकट क्षेत्रमा बिगतको जस्तो महामारीको स्थिति आउन नदिन सरकारले उच्च र्सतर्कता अपनाएको बताउनु भएको छ । आज नेपालगंजमा आयोजित एक कार्यक्रममा मध्यपश्चिम क्षेत्रका जनस्वास्थ्य प्रमुखहरुलाई निर्देशन दिदै उहाँले अबका दिनमा स्वास्थ्य प्रकोपका कारण कसैले ज्यान गुमाउन नपर्ने गरि सरकारले पूर्व र्सतर्कता रणनीति अर्न्तर्गत काम शुरु गरिसकेको जानकारी गराउनु भयो । मन्त्री चौधरीले स्वास्थ्यचौकी र अस्पतालमा पर्याप्त औषधी तथा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गरिसकेको बताउदै जनताको स्वास्थ्य सेवा पाउने मौलिक हकको सुनिश्चितताका लागि सरकार गंम्भीर रहेको बताउनु भयो । यसैबीच स्वास्थ्य मन्त्री चौधरीले नेपालगन्ज स्थित जिल्ला जनस्वास्थ्य कार्यालयको निरीक्षण गरि सो कार्यालय द्धारा संचालित गतिबिधिको जानकारी लिनु भएको छ । त्यस अवसरमा स्वास्थ्य मन्त्री चौधरीलाई कार्यालयका प्रमुख धिरजङ्ग शाहले जिल्लामा संचालित कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयले थप स्रोत र साधन उपलव्ध गराउनु पर्ने माग गर्नु भएको थियो । त्यस्तै नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष अंगत बहादुर शाहीले स्वास्थ्य मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । मन्त्री चौधरीले आजै खजुरामा निर्माणाधीन क्यान्सर अस्पतालको निरिक्षण समेत गर्नुभयो । उता एकिकृत नेकपा माओबादीका कार्यकर्ताले बर्दियाको मैनापोखरमा २ वटा गाडिमा तोडफोड गरेका छन् । स्वास्थ्य मन्त्री उमाकान्त चौधरीलाई कालो झण्डा देखाउने क्रममा आक्रोसित भएका माओबादी कार्यकर्ताहरुले गुलरिया तर्फजादै गरेका बेस केन्द्रिय कार्यालयको बा ५ च २६१३ र जिटिजेट संस्थाको १८- ० - ५२७ नंम्बरको गाडिमा माओबादी कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडिमा क्षेति पुगेको छ, भने बेसको गाडिमा सवार घोडाघोडि एफ.एम कैलालीका प्रबन्धक धु्रब शाहको आँखामा गहिरो चोट लागेको छ । माओबादी कार्यकर्ताको ढुगा मुढाबाट मन्त्री सवार गाडिमा भने कुनै क्षति भएको छैन । यसैबिच मन्त्री चौधरीले माओबादीको ढुगा मुढाले आफु नतर्सिने बताउनु भएको छ । बर्दियाको गुलरिया स्थित जिल्ला अस्पतालको निरिक्षण गर्दै उहाँले शान्ति प्रक्रियामा आउदा समेत माओबादीमा जंगली प्रबित्ति हाबी भएको आरोप लगाउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks