Loving nepal news

Thursday, March 18, 2010

राजनीतिक गतिरोधको निकास सरकार परिवर्तन हुन नसक्ने

संविधान लेखन र शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन एकीकृत नेकपा (माओवादी)को साथ अनिवार्य
बर्दिवास, ५ चैत (दैनिकी)

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान राजनीतिक गतिरोधको निकास सरकार परिवर्तन हुन नसक्ने बताउनुभएको छ । स्थानीय कार्यकर्ताहरु सँगको भेटमा उहाँले अहिलेको राजनीतिक विषमता अन्त्य गर्न दलहरुबीच सहमति र सहकार्य आवश्यक भएको बताउनुभयो । नेता देउवाले संविधान लेखन र शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन एकीकृत नेकपा (माओवादी)को साथ अनिवार्य भएकामा जोड दिनुभयो । आन्तरिक विवाद र संविधानसभा निर्वाचनमा पार्टीले बेहोरेको हारबाट कमजोर भएको नेपाली काङ्ग्रेसलाई एकताबद्ध र मजबुत बनाउन आगामी महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks