Loving nepal news

Saturday, March 27, 2010

माओवादी सेना समायोजन बेगर नयाँ संविधान निमार्ण अशंभव

एमाले महासचिव पोखरेलले पूर्व राजा ज्ञानेन्द्रको अभिव्यक्ति आपत्ति जनक भएको तर त्यस्तो अवस्था आउनुमा दलहरुको अकर्मण्यता मुख्य जिम्मेवार रहेको बताउनु भयो

चिरञ्जीवी मास्के/ दोलखा चैत्र १४

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माओवादी सेनाको समायोजन एवं व्यवस्थापन पछि मात्र संविधान निमार्ण अशंभव हुने भएकोले दलहरुको आपसि सहमतिको आधारमा सेना समायोज एवं व्यवस्थापन को कामलाई अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल दोलखाले आज विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले माओवादीले हिंसाको राजनीति छोडेर सहमति कायम गरेको खण्डमा कति संख्यामा माओवादी सेनालाई समायोजन वा पूनस्थापन गर्ने भन्ने बिषय ठूलो नभएको बताउनु भयो । माओवादीहरु राजनीतिक सहमतिको आधारमा अगाडि बढे ४ वा १० हजारको संख्यामा माओवादी सेनालाई समायोजन वा पूनस्थापन गर्न सकिन्छ त्यो ठूलो बिषय हैन महासचिव पोखरेलले भन्नुभयो ।
पोखरेलले माओवादी सेनाको विषय, राज्य पूनसंरचनाको विषय संविधान सभाका ६ सय १ सभासद्ले मात्र टु्र्गाउन सक्ने विषय नभएकोले त्यसको लागि राजनीतिक सहमति नै आवश्यक हुने बताउनु भयो । पोखरेलले माओवादीले सरकारको नेतृत्वगर्ने विषय प्रकृयागत ढंगले आउनु पर्ने भएकोले त्यसबारे धेरै कुरा गर्नुपर्ने आवश्यक नरहेको बताउनु भयो । माओवादीहरुले हिंसाको राजनीति छोडेर आफ्नो सेनाको समायोजन वा पर्ूनस्थापन, अर्धसैने संरचनाको अन्त्य, कब्जा गरीएको सम्पत्ति फिर्ता लगाएतका विषयमा सहमति गरेको खण्डमा ठूलो दल भएको नाताले सरकारको नेतृत्व माओवादीलाई दिनेबारे दलहरु बिच छलफल हुन सक्ने तर अहिलेकै अवस्थामा सरकारको नेतृत्व माओवादीलाई दिन नसकिने महासचिव पोखरेललको भनाई थियो ।
कोईरालाको निधान पछि उच्च स्तरीय राजनीतिक संयन्त्रको नेतृत्व कसले गर्ने भन्ने विषय दलहरु बसेर सहमतिकै आधारमा टुङ्गाउने विषय भएकोले कोहि कसैले आफ्नो दलमा वा र्सार्वजनिक सभामा भाषण गरेर संयन्त्रको नेतृत्व गर्न नपाउने महासचिव पोखरेलको भनाई थियो । आफ्नो दलको आन्तरीक बैठकमा वा र्सार्वजनिक सभामा संयन्त्रको नेतृत्व आफुले गर्ने भन्नु केटाकेटी कुरा भएको पोखरेलले बताउनु भयो ।
एमाले महासचिव पोखरेलले पूर्व राजा ज्ञानेन्द्रको अभिव्यक्ति आपत्ति जनक भएको तर त्यस्तो अवस्था आउनुमा दलहरुको अकर्मण्यता मुख्य जिम्मेवार रहेको बताउनु भयो । पोखरेलले ज्ञानेन्द्रले के भन्छन् भन्दा पनि दलहरुले आपसी सहमतिमा सबैकुरा मिलाउनु पर्ने बताउनु भयो । उहाँले निर्धारीत समयमा नयाँ संविधान बनेन भने मुलुकमा अहिलेको भन्दा खराब अवस्था आउने बताउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks