Loving nepal news

Monday, March 1, 2010

अष्ट्रेलिया सुपर ओभरमा पराजित


मेक्कुलमको बिष्फोटक व्याटिगं, साउथीको अभुतपुर्व बलिंग
काठमाडौं, १६ फाल्गुण (दैनिकी)

अष्ट्रेलिया तथा न्यूजील्याण्ड बीच भएको दोस्रो टि–२० क्रिकेट खेलमा अष्ट्रेलिया न्यूजील्याण्डको हातबाट सुपर ओभरमा पराजित भएको छ। साउथीले फालेको सुपर ओभरमा अष्ट्रेलियाले १ विकेट गुमाएर ६ रन मात्र बनाउन सक्यो। न्यूजील्याण्डले सो लक्ष्य ३ बलमा पुरा गरेको थियो।
न्यूजील्याण्डको क्राईसचर्चमा भएको यस खेलमा टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। न्यूजील्याण्डको तर्फबाट ११ छक्का र २१ चौका प्रहार भएको थियो। २ सय १५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाई टोलीले पनि २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएर वरावरीमा पुर्याएको थियो। अष्ट्रेलियाको तर्फबाट १० छक्का र १९ चौका प्रहार भएको थियो।
न्यूजील्याण्डका लागी मक्कुलमले ५६ बलमा ८ छक्का १२ चौकाको मद्धतले ११६ रन तथा हप्किन्सले १७ बलमा २ छक्का र ३ चौकाको मद्धतले ३६ रन बनाएको थियो। अष्ट्रेलियाका लागी टैटले २ विकेट लिएको थियो।
२ सय १५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको तर्फवाट ह्याडिनले ३५ बलमा २ छक्का र ४ चौकाको मद्धतले ४७ रन, कप्तान क्लार्कले ४४ बलमा २ छक्का र ५ चौकाको मद्धतले ६७ रन तथा क्यामरुन व्हाईटले २५ बलमा ५ छक्का र ५ चौकाको मद्धतले ६४ रन बनाएर अष्ट्रेलियालाई वरावरीमा पुर्याएको थियो। न्यूजील्याण्डका लागि फ्रान्कलिनले २ विकेट लिएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks