Loving nepal news

Tuesday, March 2, 2010

चितवनको नारायणगढमा चैत ५ देखि १० गतेसम्म 'क्यान इन्फोटेक दुई हजार दस आयोजना गरिने

कम्प्युटर एसोसिएसन अफ नेपाल नारायणीले चितवनको नारायणगढमा क्यान इन्फोटेक–२०१० आयोजना गर्ने भएको छ । क्यान नारायणीले पत्रकार सम्मेलनको आयोजना गरी चैत्र ५ देखि १० गतेसम्म क्यान इन्फोटेक कम्प्युटर, सूचना प्रविधि सम्बन्धि प्रदर्शनी मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । नारायणगढको क्याम्पाचौरमा आयोजना गरिन लागेको मेलामा एकसय २० वटा स्टल रहने र मेलामा करीब तीन करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएका छन्। क्यान इन्फोटेक मेलाको अबसरमा नारायणी कला मन्दिरमा आईसिटि सेमिनार आयोजना गरिने आयोजकले जनाएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks