Loving nepal news

Tuesday, March 2, 2010

नेपाल आयल निगम र ग्याँस बिक्रेताबीचको वार्ता निष्कर्षबिहीन, उपभोक्ता अधिकारकर्मीहरुद्वारा ग्याँसको सहज बिक्री गर्न दबाब

2010-3-2 09:57:02

नेपाल आयल निगममा खाना पकाउने ग्यासको सहज आपूर्ति र बिक्री वितरण गर्ने विषयमा भएको वार्ता अझै टुंगोमा पुग्न सकेको छैन। ग्याँसको सहज आपूर्ति हुनुपर्ने माग राख्दै केहीदिनदेखि ग्याँस विक्रेताहरुले बिक्री बन्द गरेपछि आयल निगम र ग्याँस विक्रेता संघबीच पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन। अन्तिम समयमा आएर व्यवसायीहरुले कुनैपनि कम्पनीसँग सार्वजनिक निजी साझेदारीसँग जान नहुने सर्त राखेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो। ग्याँसको पर्याप्त आपूर्तिको सुनिश्चितता र निगमको निजीकरणको विषयमा सरकारी अधिकारी र बिक्रेताहरुबीच सहमति हुन नसकेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। सोमबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि बजारमा ग्याँस अभाव र कालो बजारी अझ बढ्ने देखिएको छ।
सर्वसाधारण जनताको दैनिक आवश्यक वस्तु खानापकाउने ग्याँसको बिक्री बन्द भएपछि आम उपभोक्ता मर्कामा परेका छन्। उपभोक्ता अधिकार कर्मीहरुले सर्वसाधारण जनतालाई मर्का पर्नेगरी गरिएको ग्याँसको बिक्री बन्दप्रति आपत्ति जनाएका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks