Loving nepal news

Sunday, March 7, 2010

प्याब्सनमा नेतृत्व सर्बसम्मत गराउन प्रयास जारी

मनोरञ्जन शर्मा भैरहवा,फागुन २३

भैरहवामा जारी निजी तथा आबासिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनको दशौ महाअधिबेशनले चयन गर्ने नँया नेतृत्वका लागी आज निर्बाचन हुदैछ । नँया नेतृत्वका लागी हुने निर्बाचनमा केन्दीय पदाधिकारी मध्ये अध्यक्ष,बरीष्ठ उपाध्यक्ष लगायत अन्य केही पदहरुमा सर्बसम्मत गराउने प्रयास भए पनि अहिले सम्म सहमती जुटन सकेको छैन् । अध्यक्ष लगायत महत्वपुर्ण पदहरुमा सहमती जुटाउनका लागी अहिले प्याब्सन केन्द्रीय कार्य समितीको बैठक बसिरहेको छ । बैठकले सहमती जुटाउन नसके अध्यक्ष लगायत सबै पदमा निर्बाचन हुने निश्चीत भएको छ ।
बिहानै देखि सहमती जुटाउने प्रयास जारी रहेको प्याब्सन महाअधिबेशन पतिनिधीले जनाएका छन् । सहमती नजुटेमा निर्बाचन कमिटीले दिउसो १२ बजे पछी निर्बाचनको कार्यक्रम र्सार्बजनिक गर्नेछ । महाअधिबेशन कार्यतालिका अनुसार हिजो बेलुका नै निर्बाचनको कार्यक्रम र्सार्बजनिक हुने थियो । तर नेतृत्वका लागी सहमती जुटाउने प्रयास जारी रहेकोले समय लम्बीएको हो । दशौ महाअधिबेशनबाट नेतृत्वका लागी बर्तमान अध्यक्ष भोज बहादुर शाह,बाबुराम पोख्रेल र पछील्लो समयमा राजेश खडकाको नाम पनि चर्चामा आएको छ । निर्बाचनले अध्यक्ष, बरीष्ठ उपाध्यक्ष,एक महीला सहीत ५ क्षेत्रिय उपाध्यक्ष महासचिब,३ सचिब,१ महीला सचिब,कोषाध्यक्ष,सह कोषाध्यक्ष,सदस्य तर्फपुर्बान्चलबाट ७,मध्यमान्चलबाट १२,पश्चिमाञ्चलबाट ७, मध्य पश्चिमबाट ३,सुदुर पश्चिमबाट १ र महीला ५ जना निर्बाचित गर्नेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks