Loving nepal news

Tuesday, March 16, 2010

समयमा संबिधान नबने देश दलदलमा फस्ने

गणेश निरौला इटहरी ३ चैत्र

नेपाल बिद्यार्थी संघका अध्यक्ष प्रदिप पौड्यालले तोकिएकै समयमा संबिधान नबने देश दलदलमा फस्ने संभावना रहेको बताउनुभयो । नेबीसंघले आयोजना गरेको मेची-काली यात्रका क्र्रममा सुनसरीको इटहरीमा आज कोडसभामा बोल्दै त्यस्तोकुरा बताउनुभएको हो। दलहरु आपसी सहमतीमा नआए तोकिएकै समयमा सबिधान नबन्ने ठोकुवा गर्दै अध्यक्ष पौड्यालले संबिधान निर्माणका लागिपनि दलहरु एकआपसमा मिल्नु आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, संबिधान निर्माणकालागि सबै दल मिल्नुको बिकल्प छैन।
समयमै संबिधान बनाउन दबाब दिने उदेश्यले नेपाल बिद्यार्थि संघले देशका छुट्टा-छुट्टै स्थानबाट हिजोबाट थालेको मेचिकालि यात्राका सहभागिहरुलाइ सुनसरीको इटहरीमा भब्य स्वागत गरेका थिए । मेचि पुलबाट सुरु भएको नेपाल बिद्यार्थि सङघको टोलिलाइ आज इटहरीमा फुलमाला तथा अबिर लगाएर स्वागत गरिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks