Loving nepal news

Thursday, March 11, 2010

आमिरले जेम्स कैमरूनलाई भेट्ने


काठमाडौं, २८ फाल्गुण (दैनिकी)

बलिउडका मिष्टर पर्फेक्सनिष्ट यानी की आमिर खानले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने भएका छन्। जेम्स कैमरून चलचित्र जगतमा नै हालसम्म सबभन्दा बढी कमाउन सफल चलचित्र अवतार के निर्माता हुन्। १३ मार्चमा दिल्लीमा हुन गइरहेको एक कार्यक्रममा आमिर खान तथा जेम्स कैमरूनको भेट हुन लागेको हो, यिनीहरुले उक्त कार्यक्रममा चलचित्र जगतको भविष्यका बारेका आ-आफ्नो मन्तव्य राख्ने छन्।
यिनीहरुले चलचित्र निर्माणमा आएको परिवर्तनहरुबारे पनि आ-आफ्नो धारणा राख्ने भएका छन्। खबरका अनुसार आमिर खान यस भेटलाई लिएर निकै उत्साहित छन्। आमिर कैमरूनको कार्य गर्ने तरिका बाट निकै प्रभावित छन्। आजकाल आमिर आफ्नो नँया चलचित्र पीपली लाइवको अमेरिकामा प्रचार हरिरहेका छन्। उनले कैमरूनस‌गको यस भेटमा अंतरराष्ट्रिय स्तान चलचित्रहरुको बजारिकरण तथा बितरणको बारेमा छलफल गर्ने भएका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks