Loving nepal news

Tuesday, March 9, 2010

जनताको टाउकाको मुल्य तोक्नेहरु संविधान निर्माणका बाधक

बाधकरामहरि न्यौपाने काठमाडौं,२५ फागुन

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबराम भट्टराईले जनताको टाउकाको मुल्य तोक्नेहरु संविधानसभालाइ बन्धक बनाएर संविधान निर्माण र सेना समायोजन गर्न ढिलाइ गरेको आरोप लगाउनु भएको छ। संविधान निर्माणका लागि ८० दिन मात्र बाँकी रहेको भन्दै दलहरुले चाहे भने यस समयमा पुर्ण संविधान निर्माण गर्न सकिन्छ। त्यसैले हामीहरु यसै कुरामा जोड दिदै सेना समायोजन र संविधान निर्माण कार्यमा जुटेका छौं।
अन्य दलहरुले ढिला सुस्ती गरेको आरोप लगाउदै जनताले अबका बाँकी दिन जाग्राम बसेर खबरदारी गर्नु पर्ने बताउनु भयो । राजधानीमा जारी क्रान्तिकारी स्ववियु काउन्सिलको आयोजनामा सहिद बेनोज अधिकारीको स्मृति दिवसको अवसरमा अन्तर कलेज भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सो कुरा बताउनु भएको हो।
उहाँले खेलले खेलाडीलाइ शाररिक र मानसिक शिक्षाको अलवा व्यावहारिक र सामाजिक सिप प्रदान गर्ने बताउनुभयो। खेलकुदलाइ समान्य प्रतिस्पर्धाको रुपमा नलिकन नयाँ नेपाल निर्माणको लागि दक्ष जनसक्ति उत्पादनको अवसरमा लिन सहभागि खेलाडीहरुलाइ आग्रह गर्नु भयो। उक्त प्रतियाृगितामा मुलुक भरबाट छनौट भएका ५ वटा विश्वविद्यालय र सिटीइभिटीबाट सम्बन्धन प्राप्त २९ कलेजको प्रतिस्पर्धा हुनेछ। चैत्र १ गतेसम्म संचालन हुने उक्त प्रतिस्पर्धामा प्रथम, द्धितीय र तृतीयले क्रमस रु ५०,०००, रु ३०,०००, र रु २०,००० प्राप्त गर्ने छन।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks