सप्तरी, ५ चैत (दैनिकी)
सप्तरीका प्रमुख व्यापारिक केन्द्र तथा बजारमा नेपाली नक्कली नोट भेटिएका छन् । खासगरी नेपाली रु. ५०० का नोट नक्कली पाउन थालिएको व्यापारीहरु बताउँछन् ।
नक्कली नोट साट्नेहरु व्यापारीदेखि बैङ्कसम्म पुग्न थालेका छन् । यसैक्रममा एक दिनअघि स्थानीय राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा समेत रु. ५०० दूइ थान नक्कली नेपाली नोट फेला पारिएको थियो । एक सेवाग्राहीले साट्न खोजेको नेपाली नोटको गड्डीमा क ९०५४५९७३ र क ९०५४५८९० नम्बरका दूइ थान रु. ५०० को नोट जाँचपछि नक्कली पाइएको बैङ्कका क्यासियर अजय चौरसियाले बताउनुभयो । फेला परेका ती नोट थप जाँचका लागि नेपाल राष्ट्र बैङ्क, काठमाडौँ पठाएको उहाँले बताउनुभयो ।यसअघि पनि बैङ्कमा नक्कली नोट लिएर केही सेवाग्राही आउने गरेकाले रु. ५०० को नोटप्रति विशेष ध्यान दिने गरिएको उहाँको भनाइ थियो । गिरोहले पसलमा भीड भएको मौका छोपी सामग्री खरिद गरी झुक्याएर नक्कली नोट साट्ने गरेको व्यापारीहरु बताउँछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks