काठमाडौं, १ चैत्र(दैनिकी)
नेकपा (एकीकृत), नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आयोजनामा राष्ट्रियता र सार्थक संविधान निर्माणको निम्ति दवाव दिन सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुमा जुलुश, धर्ना र कोणसभा सम्पन्न गरेको छ। बाकेको नेपालगञ्जमा सम्पन्न धर्नामा नेकपा (एकीकृत)का केन्द्रीय सदस्य तथा खसान प्रदेश इन्चार्ज रत्न प्र.जोशी, जिल्ला सचिव हरि भण्डारी र नेकपा (माओवादी)का विजय शाहले सम्वोधन गरेका थिए।
काठमाडौंमा भएको धर्नामा नेकपा (एकीकृत) का काठमाडौं जिल्ला सचिव क.कृष्णहरि भट्ट, नेकपा (माओवादी)का जिल्ला सेक्रेटरी क.सुजन र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सेक्रेटरी क.लेकालीले नेतृत्व गरेका थिए । प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाध्यक्षलाई पुग्ने गरी स्मरण पत्र बुझाएको छ। ललितपुर जिल्ला प्रशासन कार्यालयको धर्ना अगाडि जुलुशले लगनखेल, मानभवन लगायतका स्थान परिक्रमा गरेको थियो। त्यहा भएको सभामा नेकपा (एकीकृत)का केन्द्रीय सदस्य तथा सभासद् क.राधा तिमल्सिना, अर्का केन्द्रीय सदस्य क.भुपेन्द्र नेम्वाङ, नेकपा (माओवादी)का क.रकम लामा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रतिनिधिले सहित सम्वोधन गर्नुभयो। उनीहरुले शान्ति सुरक्षाको जिम्मा लिने प्रहरी अधिकृत मदिरापानबाट दोहोरी सा“झ लगायतका स्थानमा गई झगडा गर्नुले अराजकताले सीमा नाघेको तथ्य समेत आंल्याएका थिए। भक्तपुर, काभ्रे, लगायतका मुलुकभर पच्चहत्तर ओटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र सहित धर्ना दिने कार्यक्रम सम्पन्न भएको छ। धर्नाको क्रममा व्यापक पर्चा वितरण भएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks