Loving nepal news

Monday, March 29, 2010

सशस्त्र प्रहरीद्वारा भारी परिमाणमा चरेस बरामद

पर्सा, १७ चैत (दैनिकी)

सशस्त्र प्रहरी बलले सोमबार पर्साको ग्रामीण क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको गस्ती टोलीले वी२०५ जे ६५४९ नम्बरको डिस्कभर मोटरसाइकलमा लोड गरी भारत तर्फ लैजाने क्रममा पर्साको मुर्ली गाविस-६ बाट बेवारिसे अवस्थामा १६ किलो चरेस बरामद् गरेको प्रहरी निरीक्षक हेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको गाडी देख्नेबित्तिकै मोटरसाइकल चालक मोटरसाइकल बाटोमै छोडी भागेको थियो ।
बरामद् चरेसको मूल्य रु. एक लाख ६० हजार हुन सक्ने प्रहरीको अनुमान छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks