Loving nepal news

Tuesday, March 16, 2010

दाइजो नल्याउँदा पारिवारिक यातनाबाट मृत्यु

कपिलवस्तु ४ चैत (दैनिकी)

जिल्लाको खुरुहरिया गाउँ विकास समितिकी एक विवाहित महिलाको पारिवारिक यातनाबाट मृत्यु भएको छ । चौबीस वर्षीया लक्ष्मी तेलीको श्रीमान् सुवास तेली र ससुरा खेवा तेलीको कुटपिटबाट मङ्गलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय, गणेशपुरले जनाएको छ । एक वर्षघि विवाह गरेकी लक्ष्मी तेलीलाई दाइजो नल्याएको आरोपमा पारिवारिक यातना दिने गरिएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका थिए ।
यसैबीच जिल्लाको शिवपुर गाविस खैरी घर भएकी १८ वर्षीया सुखमाया भन्ने एक युवती भारतमा मृत अवस्थामा फेला परेकी छन् । भारतको उत्तर प्रदेश सिर्द्धार्थनगर भैसाटोल भडखुरीका हरिसेठका घरमा दूइ महिनादेखि काम गर्दै आएकोमा झुण्डयाइएको अवस्थामा फेला परेको भारतीय पत्रकार जनार्दन त्रिपाठीले जानकारी दिनुभयो । उनलाई बलात्कारपश्चात हत्या गरी झुण्डयाइएको हुनसक्ने भारतीय प्रहरीले आशङ्का गरेको त्रिपाठीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks