Loving nepal news

Monday, March 29, 2010

प्रधानमन्त्री राजनीतिक तथा कूटनीतिक परामर्शमा

डेनमार्क, अमेरिका, फिनल्यान्ड,स्विट्जरल्यान्ड, बेलायत, नर्वे र जर्मनीका राजदूतहरुले प्रधानमन्त्री नेपाललाई संयुक्तरूपमा भेट्ने कार्यक्रम

काठमाडौं, १७ चैत (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले आज पनि समसामयिक राजनीतिक परिस्थितिका बारेमा दलका नेताहरुसँग छलफल जारी राख्नुहुने भएको छ । छलफल अपराहृनदेखि सुरु हुनेछ । नेपाल सद्भावना पार्टीका सरिता गिरी, नेकपा (एकीकृत) का रामसिंह श्रीस र ऋषि कट्टेल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, सभासद् विश्वनाथ अग्रवाल र सभासद् श्यामसुन्दर गुप्तासँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताउनुभयो ।
आज विहान १० बजे नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्री नेपालसँग भेट गरेको छ । निजी क्षेत्रका समस्याका बारेमा छलफल भएको सो कार्य क्रममा गृहमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, ऊर्जामन्त्री, वाणिज्यमन्त्री, श्रममन्त्री र ती मन्त्रालयका सचिवहरुको पनि सहभागिता रहेको थियो ।
आजै ११ बजे डेनमार्क, अमेरिका, फिनल्यान्ड, स्विट्जरल्यान्ड, बेलायत, नर्वे र जर्मनीका राजदूतहरुले प्रधानमन्त्री नेपाललाई संयुक्तरूपमा भेट्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks