मलाइ मन पर्छ, यस बिना म बाच्न सक्दिन
काठमाडौं, २७ फाल्गुण (दैनिकी)
यस बर्षको सबभन्दा चलेको चलचित्र अवतार की अभिनेत्री जोए सल्डानाका अनुसार उनलाइ यौन कार्य गर्न निकै मनपर्ने तथा यस बिना उनले आफ्नो जीवनको कल्पना समेत गर्न नसक्ने बताए। डेली टेलीग्राफमा छापिएको खबर का अनुसार अवतार चलचित्रमा नेएतीरीको भुमिका निभाउने ३१ बर्षिय अभिनेत्री जोए सल्डानाले एसेंस पत्रिका मार्फत यस कुरालाइ स्विकारेकी हुन।
यौनको बिषयमा उनलाइ प्रश्न गर्दा उनले 'मलाइ मन पर्छ, मलाइ मन पर्छ, यस बिना म बाच्न सक्दिन भनेर जवाफ दिएकी छिन। यौनलाइ अति मन पराउने सल्डानाका अनुसार उनलाइ आफ्नो शरीर मन पर्ने तथा यसलाइ लुकाउन नपर्ने समेत बताए।
उनले अमेरिकी समाज माथी टिप्पणी गर्दै बच्चाहरूलाइ यौनको बिषयमा ज्ञान नदिएर ठुलो गल्ती गरेको बताए। उनका अनुसार अमेरिकी समाजले बच्चाहरूलाइ यौनको सट्टा खेलौना, बंदूक तथा भिडियो खेलहरू दिएर अपराधी बनाउन गइरहेको समेत बताए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks