मकवानपुर, ३ चैत(दैनिकी)
नेपाल टेलिकम हेटौँडाले जिल्लाका विभिन्न विकट क्षेत्रमा मोबाइल सेवा पुर्याउने उद्देश्यले पाँच स्थानमा मोबाइल टावर थप्ने भएको छ । जिल्लाका मकवानपुर गढी, छतिवन, चुरियामाई, भैंसे र फाखेलमा टावर राख्ने तयारी भइरहेको र असारसम्म टावर सञ्चालन भइसक्ने जानकारी नेपाल टेलिकम हेटौँडा शाखाका प्रमुख रामनारायण महतोले दिनुभयो ।
उहाँका अनुसार राजधानी जोड्ने राजमार्गका सबै ठाउँमा मोबाइल सेवा उपलब्ध गराउन टेलिकमले पहिलो प्राथमिकता दिइरहेको छ । उहाँले भौगोलिक बनावट सुगम नभएकाले सबै गाविसमा मोबाइल सेवा पुर्याउन नसकिए पनि प्रायः सबै स्थानमा सीडीएमए फोन सेवा चलिरहेको बताउनुभयो । सबै ठाउँमा विद्युत् सेवा नपुगेकाले मोबाइल टावर स्थापना गर्न समस्या भएकाले कतिपय ठाउँमा सोलारबाट सेवा सञ्चालन गरिएको छ । मकवानपुरमा नेपाल टेलिकमबाट ६५ हजार १४६ प्रिपेड, एक हजार ५२० पोस्टपेड, र सीडीएमए तथा स्काईका करिब १२ हजार मोबाइलका सिमकार्ड वितरण भइसकेको नेपाल टेलिकम मोबाइल शाखाले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks