काठमाडौं, २४ फाल्गुन
कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। नेपालले उमेर समुहको यस प्रतियोगितामा फेरी एक पटक आफ्नो मजुबुतीलाई प्रमाणित गरेको छ।
यस खेलमा पहिला व्याटिगं गर्दै हङकङको टोली ८८ रनमा अल आउट भएको थियो। नेपालको तर्फबाट निश्चल पाण्डे तथा सुमन श्रेष्ठले ४,४ विकेट लिएर हङकङलाई कम रन संख्यामा सिमित राखेको थियो।
८९ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्षलाई १८.३ ओभरमा ४ विकेट मात्र गुमाएर बिजयी हासिल गरेको थियो। नेपालको तर्फबाट दिपेन्द्रले ३८ रन बनाएका थिए।
ईन्जिनियरिगं कलेजमा भएको अर्को खेलमा शहरिनले कुवेटलाई ७ विकेटले हराएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks