Loving nepal news

Saturday, March 27, 2010

कर्मचारीले नै बैङमा तालाबन्दी गरे

गिरिराज पंगेनी भैरहवा १४ चैत

कर्मचारीले बिभिन्न माग राखि तालाबन्दी गरेपछि भैरहवामा रहेको निर्धन उत्थान बैङ्क लिमिटेडको केन्द्रिय कार्यलयबाट हुने काम काज प्रभाबित भएको छ । बैङ्कमा कार्यरत कर्मचारीलाई युनियनमा लागेको आधारमा पदबाट निलम्बन गरेको भन्दै त्यसको बिरोधमा नेपाल राष्ट्रिय कर्मचारी संगठन सिर्द्धार्थनगरले बैङमा हिजोदेखि अनिश्चित कालिन तालाबन्धि गरेको हो ।

बैङ्को साखा कार्यलय गंजभवानीपुरमा कार्यरत सहायक कर्मचारी तथा संगठनका क्षेत्रिय संयोजक चोपकान्त चैधरीलाई ब्यबस्थापन पक्षले पुर्वाग्राही ढंकबाट बर्खास्त गरेको भन्दै त्यसको बिरोधगर्दै तालाबन्धि गरेको संगठनका अध्यक्ष निरज सिहँ कुँवरले जानकारी दिनुभयो ।

आन्दोलनरत कर्मचारीले बर्खास्त गरिएका कर्मचरीको पुनरबहाली र अन्य कर्मचरीको ग्रेड तथा सरुवा समायोजन नभए सम्म ताला नखोलिने बताएका छन् । चैत १६ सम्म पनि आपना माग पुरा नभए बैङकका सबै क्षेत्रिय कार्यलय र २० गतदेखि शाआ कार्यलयहरुमा समेत तालाबन्धी गर्ने बताएका छन् । सो बैङ्कले पाँच बटा क्षेत्रिय कार्यलय र २५ जिल्लामा शाखा कार्यलयहरु माफृत बैकिङ् सेवा प्रदान गर्दै आएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks