रासी, १६ चैत(दैनिकी)
नवलपरासीमा भारतीय पक्षले जिल्लाको गण्डक क्षेत्रमा यस वर्ष करिब अर्ब भारतीय रूपैया बराबरको लगानीमा योजना संचालन गर्ने भएको छ। गण्डक पीडित र भारतीय पक्षसँग भएको २१ बुदे सहमति अनुसार भारतले गण्डक क्षेत्रका नहर, साईफन, बाँध, स्पर ,सडक मर्मत सम्भार र विभिन्न सडकलाई कालोपत्रे गर्ने योजना तयार गरी एक अर्ब बराबरको कार्यक्रम संचालन गर्न लागेको हो। दुई वर्षअगाडि भएको सहमति कार्यान्वयन गर्न गण्डक पीडितहरूले पटक–पटक दबाब दिँदै आएपछि भारतीय पक्षले सम्झौताका केही बुँदा कार्यान्वयन गर्न लागेको गण्डक पीडितहरूले जनाएका छन्।
गण्डक पीडित सङ्घर्ष समितिका प्रवत्का प्रेमचन्द गुप्ताका अनुसार भारको उत्तर प्रदेशले ए ग्याप बाँध, लिङ्क बाँध र नेपाल बाँधलाई मर्मत गरी बाँधको सडकलाई कालो पत्रे गर्न भारु १० करोडभन्दा बढी रकम विनियोजन गरेको छ। तीनवटै बाँधमा पर्ने करिब २५ किलो मिटर सडक कालोपत्रे हुनेभएको छ। त्यसै गरी गत वर्षको अधुरो बाँधका स्पर मर्मत र लम्बाई बढाउने, नारायणी नदीकेा धार व्यवस्थित गरी कटान क्षेत्रमा तटबन्द गर्नेलगायतका करोडौको योजनाका निर्माण कार्य सुरु भएको छ। प्रवत्का गुप्ताका अनुसार विहार सरकारले पनि मुख्य पश्चिमी नहरका साइफन, नहर, जल निकासका कुलो नाला मर्मतका लागि सिँचाइ डिभिजन सेमरीका डिभिजन प्रमुख मनोज यादवको सहभागितामा भारतीय प्राविधिकहरूले कुल भारु ७३ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेका छन्। डिपिआर तयार गरिएपछि गण्डक पीडित आशावादी भएको प्रवत्का गुप्ताले जनाएका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks