आज नेपालमा के भयो? के तपाईं अनभिज्ञ हुनुहुन्छ? हामी भन्छौ तपाइलाइ! हरेक दिनको ताजा खबर हामी दिन्छौं तपाईंलाई! तपाइको मद्दतले हामीलाई प्रेरणा दिनेछ|
Tuesday, March 2, 2010
सञ्चार उद्यमी सिंघानियाको हत्याले जनकपुर शोकमग्न, एक साताभित्र अर्का सञ्चरकर्मीको हत्या गर्ने धम्की
जनकपुर टुडे दैनिकका प्रकाशक तथा टुडे सञ्चार समूहका अध्यक्ष अरुणकुमार सिंघानियाको हत्याले शोकमा डुबेको जनकपुर स्वतस्फूर्त रुपमा बन्द भएको छ। हत्याको त्रासले त्यहाँका उद्योग, कलकारखाना, यातायात, शिक्षणसंस्था बन्द भएका छन्। सर्वसाधारण असुरक्षित र आतङ्कित बन्न थालेपछि बजार पनि बन्द गराएको जनकपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ। सिंघानियाको शव राखिएको स्थानीय केयर अस्पतालमा सञ्चारकर्मी, उद्योगी– व्यवसायी र सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको छ। जनकपुरमा सुरक्षा व्यवस्था सुदृढ बनाउन नसकेको भन्दै त्यहाँको संचारकर्मीले सरकारको आलोचना गरेका छन्। नेपाल पत्रकार महासंघ धनुषा र महोत्तरीले जिल्ला प्रशासन कार्यालय धनुषामा नाराबाजी गर्दै धर्ना दिएका छन्। उनीहरुले शान्ति सुरक्षा दिन नसकेको भन्दै स्थानीय प्रशासन प्रमुखहरुको राजीनाको माग समेत गरेका छन्। सिंघानियाको हिजो साँझ गोली हानी हत्या गरिएको थियो। हत्याको जिम्मा तराई जनतान्त्रिक पार्टी मधेशले लिएको छ। यसैबीच सिंहानियाको हत्याको जिम्मा लिइएको तराई जनतान्त्रिक पार्टी मधेसको आफूलाई अध्यक्ष बताउने अर्जुन सिंहले टेलिफोन गरी पत्रकार बृजकुमार यादव र रामानान्दन यूवा क्लवका पूर्व अध्यक्ष जीवनाथ चौधरीलाई एक साताभित्र हत्या गर्ने धम्की दिएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks