काठमाडौं, ९ चैत (दैनिकी)
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएकोमा बङ्लादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले शोक व्यक्त गर्नुभएको छ । बङ्लादेश राजदूतावासद्वारा सोमबार जारी प्रेस वक्तव्यमा प्रधानमन्त्री वाजेदले श्री कोइरालाको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको उल्लेख छ । वक्तव्यमा स्व.कोइराला ठूलो राजनीतिक र प्रजातन्त्र र शान्तिका कुशल खेलाडी हुनुभएको उल्लेख हुनुका साथै श्री कोइराला आधुनिक नेपालका योजनाकार र सधैं जनताको पक्षमा हिड्ने व्यक्ति भएको उल्लेख छ ।
स्व.कोइराला बङ्गलादेशमा पनि सबैले गहिरोरुपमा आदर गर्ने नेता भएको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा श्री कोइरालाको निधन नेपालको लागिमात्र ठूलो नोक्सान नभइ बङ्लादेशले पनि आफ्नो मित्र गुमाएको उल्लेख छ । वक्तव्यमा बङ्लादेश सरकार, प्रधानमन्त्री वाजेद, बङ्लादेशी राजदूतावास र बङ्लादेशका जनताको तर्फाट स्व.कोइरालाको परिवार र नेपाली जनतामा गहिरो समवेदना प्रकट गरिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks