Loving nepal news

Friday, March 19, 2010

कर्णालीमा बस खस्यो, दुइ दर्जन भन्दा बढीको मृत्यु

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय बासिन्दाको उद्धार टोली सक्रिय
कालिकोट, ५ चैत (दैनिकी)

कालिकोटको मान्माबाट सुर्खेततर्फ गइरहेको यात्रुवाहक एउटा बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा दुइ दर्जन भन्दा बढीको मृत्यु भएको छ । दैलेखको पिपलकोट गाउँ विकास समिति खिड्की जिउल नजिक किट्टु भन्ने स्थानबाट ना.३ख ५८६८ नम्बरको बस कर्णालीमा खस्दा उक्त हताहती भएको हो । दूर्घटनामा घाइतेभएका १२ जनाको स्थानीय बासिन्दाले उद्धार गरेका थिए । उनीहरुको खिड्की जिउलास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
सत्तरीजना भन्दा बढी यात्रुलाई लिएर गइरहेको उक्त बसका मालिक भने भिरमा खसेर बाच्न सफल रहेका छन ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय बासिन्दाको उद्धार टोली सक्रियरुपमा लागिपरेका छन् । थप उद्दारका लागि सुर्खेतबाट सेनाको हेलिकप्टर घटनास्थल गएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks