काठमाडौ, ७ चैत (दैनिकी)
बढ्दो लोडसेडिङलाई कम गर्न तीव्ररुपमा जलविद्युत्को विकास गर्दै आन्तरिक उत्पादन लाई प्राथमिकता दिनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन्। अफ्रो एसियाली क्षेत्रका लागि विद्युत् उत्पादन प्रसारण र वितरणसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठनको नेपाल शाखाद्वारा आयोजित जलविद्युत्का चुनौती विषयक गोष्ठीका वक्ताहरुले जलविद्युत् निर्माणमा आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिन पनि माग गरे।
गोष्ठीमा उद्योग वाणिज्य महासङ्घका इन्जिनियर ज्ञानेन्द्र झाले जलविद्युत्मा भएका चुनौतीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी जलविद्युत्मा नेपालले बनाएको नीतिसम्बन्धमा इन्जिनियर श्रीरन्जन लाकौल, जलविद्युत्को व्यवस्थापनमा इन्जिनियर लिलानाथ भट्टराई, जलविद्युत्को वित्तीय योजनाका विषयमा मनोज गोयल र जलविद्युत् योजना र निर्णयसमा डा. लक्ष्मीप्रसाद देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks