भद्रपुर, १७ चैत (दैनिकी)
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको लोडसेडिङ तालिका विपरीत मनोमानी ढङ्गले लाइन काट्ने गरेकाले भद्रपुर क्षेत्रका विद्युत् उपभोक्ता मर्कामा पर्न थालेका छन् । विगत एकसातादेखि नियमितरूपमा मध्याहृन १२ देखि ४, राति ८ देखि १२ र बिहान ४ देखि ८ बजेसम्म लाइन काट्ने गरेको छ । सो कारणले कार्यालयको कामकाज प्रभावित भइरहेको र प्रवेशिकाका साथै अन्य कक्षाको पनि जाँच चलिरहेकाले पढाइमा अप्ठेरो परेको परीक्षार्थीको गुनासो छ ।
यसअघि प्रत्येक दिन लोडसेडिङको तालिकामा चक्रप्रणालीको आधारमा समय निर्धारण गरिएको थियो । यस सम्बन्धमा भद्रपुरस्थित विद्युत् प्राधिकरण प्रमुख मोहम्मदआफताव आलमले केही बताउनु चाहनु भएन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks