Loving nepal news

Thursday, March 4, 2010

क्रिकेटमा अर्को उलताफेरजिम्वंबे द्बारा वेष्ट ईण्डिज पराजित



जिम्वाम्बे तथा वेष्ट ईण्डिज बीच भएको पहिलो एकदिवसिय क्रिकेट खेलमा जिम्वाम्बेले वेष्ट ईण्डिजलाई २ रनले हराएको छ। वेष्ट ईण्डिजको गुयनामा भएको यस खेलमा टस जितेर पहिला ब्याटिंग गरेको जिम्वाम्बेले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। जिम्वाम्बेको तर्फबाट २ छक्का र १९ चौका प्रहार भएको थियो। २ सय ५५ रनको लक्ष्य पछ्याएको वेष्ट ईण्डिजको टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५२ रन मात्र बनाउन सक्यो। वेष्ट ईण्डिजको तर्फबाट ६ छक्का र १३ चौका प्रहार भएको थियो।
जिम्वाम्बेको तर्फवाट सिबान्दाले ९५ रन, तैबुले ५६ रन तथा एच‍.मासाकाड्जाले ४१ रन बनाएको थियो। थिए। वेष्ट ईण्डिज का लागि पोलार्डले २ तथा मिलर र रोचले १,१ विकेट लिएका थिए।
२ सय ५५ रनको लक्ष्य पछ्याएको वेष्ट ईण्डिजको शुरुवात निकै राम्रो भएको थियो, ६७ मा पहिलो विकेट गुमाएको वेष्ट ईण्डिज को १६७ रन सम्म दोस्रो विकेट गुमेको थिएन। तर त्यस पछी जिम्वाम्बेका बलरहरु वेष्ट ईण्डिजका व्याट्सम्यानहरुमाथी हावी भएको थियो। वेष्ट ईण्डिजको लागी चन्द्रपाउलले ७० रन, कप्तान क्रिस गेलले ५७ रन तथा बाराथले ५० रन बनाएका थिए। जिम्वाम्बेका लागी एस डव्लु मासाकाड्जाले ३ विकेट, चिगम्बुराले २ तथा उत्सेयी र लाम्बले १,१ विकेट लिएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks