जिल्ला कमान्डर सहित चार वन्दकर्ता पक्राउ
सञ्जीव चापागाई,झापा १ चैत्र
बन्द उल्लंघन गरेको भन्दै मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषदका कार्यकर्ताले आज झापाको दमकमा एक यात्रु वसमा तोडफोड गरेका छन। घटनामा चालक घाईते भएका छन भने बस तोडफोडमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेकेा छ।को १ ख १९१६ नम्वरको बसमा तोडफोड भएको हो। लिम्वुवानका कार्यकर्ताहरु सन्तोष लिम्वु, तिलक लिम्वु र सोमवहादुर तामाङलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। त्यस्तै यातायातका साधन जबरजस्ती बन्द गराउदै हिडेका लिम्वुवान भोलेन्टीयर्सका जिल्ला कमाण्डर बिर्तामोडवाट पक्राउ परेका छन।झापा काकरभिट्टाका एक शिक्षकको अपहरण गर्दै गर्दा चार दिन अघि पक्राउ परेका आफ्ना सात जना कार्यकर्ताको रिहाइको माग गर्दै लिम्बुवानले झापामा अनिश्चितकालीन बन्दको आवाहान गरेको थियो। झापामा बन्दको आंशिक मात्रै प्रभाव परेको छ भने बन्द विफल पार्न सुरक्षा व्यवस्था कडा वनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks