कपिल भट्ट/कैलाली, १७ चैत्र
नेकपा एमालेका उपाध्यक्ष अशोक र्राईले शान्ति प्रक्रिया र संविधान निर्माण कार्य सहज बनाउन गठन भएको उच्च स्तरिय राजनैतिक संयन्त्रको नेत्तृव चक्र प्रणालीका आधारमा गरिनु पर्ने पक्षमा एमाले रहेको बताएका छन् । चक्र प्रणलीमा संयन्त्रको नेतृत्व गर्दा ३ प्रमुख दल एमाले,काग्रेस र एकीकृत नेकपा (माओबादी) समेटिने उनले भने-'३ दल बाहेकलाई नेतृत्व दिने नदिने बारे छलफल हुन वाँकी छ ।' प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रिया र संविधान लेखनको ग्यारेन्टी भई राष्ट्रले निकास पाउने भए एमाले सरकारको नेतृत्व छोड्न तयार रहेको बताए ।
उपाध्यक्ष र्राईले माओवादी लडाकुको समायोजन एक हतियार एक सेनाका आधारमा गरिनुपर्ने बताए । उपाध्यक्ष र्राईले आफ्नो नेतृत्वमा सरकार गठन भए मात्र संविधान निर्माण र शान्ति प्रक्रिया सफल हुन्छ भन्नु एकिकृत माओवादीको गैर जिम्मेवारपन भएको उल्लेख गर्दै यो बेला सरकार बनाउने गिराउने नभई संविधान निर्माणमा एकजुट भएर अघि बढ्नु पर्ने समय भएको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks