संयुक्त संघर्ष समितिद्वारा जनकपुरमा शान्तिपूर्ण सदभाव र्याली, घटनाको छानबीनको लागि छानबीन समिति गठन
अजयकुमार साह जनकपुर ९ चैत्र
जनकपुरमा प्रहरीद्वारा एक महिलालाई गरिएको बलात्कारको घटनाको कारण उत्पन्न तनावलाई समाधान गर्नको लागि र्सवदलिय समितिद्वारा गठित संयुक्त संघर्ष समितिको अगुवाईमा अहिले भरखरै शान्तिपूर्ण सदभाव र्याली प्रदर्शन गरिएको छ । जनकपुरको जानकी चोकबाट हजारौंको सहभागीतामा सुरु भएको सो र्याली जनकपुर नगर परिक्रमा गरेको छ । र्याली प्रदर्शन अघि आज दिउँसो जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा राजनीतिकदल तथा विभिन्न पेसागत संघ संस्थाहरुको संयुक्त बैठक बसेको थियो । बैठकले स्वस्फूर्त रुपमा उठेको आन्दोलनको र्समर्थनमा शान्तिपूर्ण सदभाव र्याली प्रदर्शन गर्ने निर्णय लगायत गृहमन्त्रीको राजिनामा, प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीको निलम्बन, प्रहरी उपरीक्षक श्याम खड्का, प्रहरी निरिक्षक आभुषण तिमिल्सिना र बलात्कारका आरोपी प्रहरी नायव निरिक्षक बाबुराम झालाई बर्खास्त गरी कानुनी कारवाही गर्नुपर्ने माग गरेको छ । आजको बैठकमा सत्तासाझेदार नेपाली काँग्रेस, एमाले, सदभावना र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, माओवादी सहितका दलहरुको सहभागीता रहेको फोरम लोकतान्त्रिकका नेता विजय मस्तले बताए ।
यसैबीच जनकपुरको घटनाको सम्बन्धमा छानबिन गर्नको लागि तीन सदस्यीय छानबीन समिति गठन गरिएको बताइएको छ । गृहमन्त्रालयको सहसचिव जन्मजय रेग्मीको संयोजकत्व सो समितिमा प्रहरी वरिष्ठ उपरिक्षक हेमन्त मल्ल ठकुरी, राष्ट्रिय प्रहरी अनुसन्धान विभाग क्षेत्रिय कार्यालय हेटौडाका सहायक प्रमुख राजेन्द्र खत्री सदस्य रहेका छन् । छानबीन समितिलाई एक हप्ता भित्र सत्यतथ्य बुझि प्रतिवेदन पेश गर्न निर्देशन दिइएको धनुषाका प्रमुख जिल्ला अधिकारी वेद बहादुर कार्कीले जनाएका छन् ।
जनकपुरमा प्रहरीले एक महिलालाई बलात्कार गरेको घटना र्सार्वजनिक भएपछि शनिवार देखि उत्पन्न भएको तनावको असर आज तेश्रो दिन पनि देखिएको हो ।
प्रदर्शनकारीहरुले विहानै देखि जनकपुरको चोक चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । बजार, उद्योग धन्दा, शिक्षण संस्था, यातायात पूर्णतः बन्द छ, प्रदर्शनकारीहरुले जानकी प्रहरी चौकीमा आगजनी गर्ने प्रयास समेत गरेका थिए । भीडलाई नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।
यसैगरी विहानै देखि रेल्वे स्टेशन क्षेत्र, भानु चोक क्षेत्र र जानकी चोकमा प्रदर्शनकारी र प्रहरी बीच झडप पटक पटक झडप हुने गरेको देखिएको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन भने प्रहरीले लाठी चार्ज गरेको दृश्य देखिएको छ । सो झडपमा परी आज अहिले सम्म ७ जना घाइते भएका छन् ।
भारतको मधुवनीबाट जनकपुर घुम्न आएका एक नवदम्पती जनकपुर भानुचोक स्थित मनोकामना गेस्ट हाउसमा बास बसेका थिए । पीडित महिलाले संचारकर्मी तथा महिला अधिकारकर्मीहरुलाई शुक्रवार राती रेल्वे स्टेशन प्रहरी चौकीका र्सइ बाबुराम झाले पतिलाई नियन्त्रणमा लिई आफूलाई बलात्कार गरेको घटना बारे खुलासा गरेकी थिइन् ।
घटना र्सार्वजनिक भएपछि आक्रोशित स्थानीयवासी र राजनीतिक दलहरुले दोषिमाथि कारवाहीको माग गर्दै शनिवार देखि नै प्रदर्शन गर्दै आएका छन् । घटनाको विरोधमा उत्रेका प्रदर्शनकारी माथि शनिवार देखि नै प्रहरी दमन हुँदै आएको छ । प्रहरीले प्रदर्शनकारी माथि अन्धाधुन्ध लाठी चार्ज, दर्जनौ राउन्ड हवाई फायर र रबरको गोली प्रहार गरेका छन् ।
यस क्रममा आइतवार समाचार संकलन गर्न गएका आठ जना पत्रकार लगायत पाँच दर्जन प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहुने पत्रकारहरुमा सगरमाथा टेलिभिजनका जनकपुर सम्बाददाता इशवर चन्द झा, तर्राई टाइम्स दैनिकका विरेन्द्र रमण, नेपाल टेलिभिजनका जनकपुर सम्बाददाता श्रीनारायण साह, मिथिलाञ्चल एफएमका विकास साह, जानकी एफएमका जयनाराण झा, धर्ैयकान्त दत्त, जनकपुर एफएमका नबिन सिंह, प्रेस चौतार धनुषा अध्यक्ष जगदीश साह रहेका छन् । त्यसैगरी नागरीक दैनिकका सम्बाददाता सुरेश यादवलाई सुरक्षाकर्मीहरुले शनिवारको झडपको क्रममा निर्घार्कुटपिट गरेका थिए । प्रहरीको कुर्टाईबाट पेट र टाउकोमा गंभीर चोट लागेको पत्रकार यादवलाई थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । उनको उपचार अहिले काठमाण्डौंको मोडेल अस्पतालमा भइरहेको छ । भने आइतवार घाइतेहुने पत्रकारहरु मध्ये विकास साह र जयनारायण झाको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको छ । पत्रकार साह र झाको उपचार अहिले काठमाण्डौंको कान्तिपुर अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई भेट्न आज कान्तिपुर अस्पताल पुगेका संचारमन्त्री शंकर पोखरेलले घाइते पत्रकारहरुको उपचार खर्च राज्यले व्यहोर्ने बताए ।
त्यसैगरी शनिवार देखिको झडपमा परी पाँच दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट आठ वषिर्या बालक देखि ७० वषिर्य बृद्धसम्म घाइते भएका छन् । आइतवार चारजना प्रदर्शनकारीलाई प्रहरीको गोली लागेको छ । आइतवार प्रहरीको गोली लागि घाइते हुने हरुमा जनकपुर बस्ने दिनेश साह, बेंगाशिवपुर बस्ने अल्लाउद्दिन, सुनसरीको दुहवी बस्ने वेद नारायण साह र जनकपुर बस्ने पंकज चौधरी रहेको छ । सामान्य घाइतेहरुको उपचार जनकपुर अंचल अस्पताल र धनुषा नसिर्ङ् होम, केयर मेडिकलमा भइरहेको छ भने गम्भिर घाइतेहुनेलाई काठमाण्डौं पठाइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले झडपको क्रममा ६ जना प्रहरी पनि घाइते भएको बताएको छ ।
शनिवार देखि नै स्थानीयवासी र प्रहरी बीच भिडन्त हुँदै आएको छ । सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन गरिएको छ । स्थानीयवासीले जनकपुरका चोक चोकमा टायर बालेर घटनाको विरोध गरेका छन् । प्रदर्शनकारीले आइतवार उग्र प्रदर्शन गर्दै एक एम्बुलेन्समा आगजनि समेत गरेका छन् । आगजनिको कारण एमबुलेन्स पूर्णरुपमा जलेर नष्ट भएको छ भने जनकपुर-१० बस्ने एमबुलेन्स चालक किशोरी साह घाइते भएका छन् ।
घटनाको विरोधमा आइतवार र्सवदलिय बैठक बसी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक धनुषाको अध्यक्ष उमाशंकर अरगडियाको संयोकत्वमा संयुक्त संर्घष्ा समितिको गठन गरेको छ । संयुक्त संर्घष्ा समितिले बलात्कारको आरोपी र्सइ बाबुराम झा, एसपी श्याम खडका र पत्रकार माथि भएको कुटपिटका दोषि प्रहर उपर कारवाहीको माग गर्दै आज देखि जनकपुर बन्दको आहृवान गरेको छ ।
यता प्रहरी प्रधान कार्यालयले बलात्कारको आरोपी र्सइ झालाई निलम्बन गरिएको तथा एसपी श्याम खडका र इन्सपेक्टर आभुषण तिमिल्सिनालाई काठमाण्डौं झिकाइएको छ भने धनुषामा नयाँ एसपी र्सर्वेन्द्र खनाललाई पठाइएको छ ।
यसैबीच तमलोपा केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले जनकपुर घटनाको सम्बन्धमा प्रधानमन्त्री माधव नेपाललाई जानकारी गराएको बताइएको छ । प्रधानमन्त्री नेपालले घटनामा संलग्न दोषि उपर २-३ दिन भित्र कारवाही हुने आश्वासन दिएको बताइएको छ ।
यता पीडितहरु अहिले महिला अधिकारकर्मीको सुरक्षा रहेको बताइएको छ ।
त्यस्तै जनकपुरमा आयोजना हुने मिथिला महोत्सवलाई मध्यनजर गरी संयम अपनाउन चौतर्फी रुपमा आग्रह गरिएको छ । आज राष्ट्रपतिले उदघाटनले गर्ने भनिएको मिथिला महोत्सव जनकपुरमा उत्पन्न तनाव र राज नेता गिरिजा प्रसाद कोइरालाको दुःखद निधनको कारण चैत्र ११ गते सारिएको छ ।
भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजयकुमार साह माथि दुरव्यवहार गर्ने तथा एक युवतीलाई बलात्कार गर्ने जुनियर प्रहरी अधिकृतलाई संरक्षण दिएको तथा संचारकर्मी एवं र्सवसाधारण माथि निर्मम लाठी चार्ज गरेपछि र्सवसाधारणहरु आन्दोलनमा उत्रेका हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks