संजय सौगात बुटवल २१ फागुन
नेपाली काग्रेसका नेता तथा प्रवक्ता अर्जुननरसिंह केसीले बर्तमान सरकारको कार्यशैली ठिक नभएको बताएका छन । उनले बर्तमान सरकारबाट आफ्नो पार्टी नेपाली काग्रेस समेत सन्तुष्ट नरहेको बताए । शुक्रबार प्रेस यूनियन रुपनदेहीले बुटवलमा आयेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवत्ता केसीले यस्तो बताए । उनले सरकारको कार्यशैली ठिक नभएपनि आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा भने नरहेको जानकारी गराए । उनले भने- बर्तमान सरकारको कार्यशैली ठिक छैन तर पनि हामी सरकार परिवर्तनको पक्षमा भने छैनौ किनकी सरकार परिवर्तन गरेर तत्काल समस्या समाधान पनि हुदैन संबिधान नबन्ने मात्र हो ।’ सरकार परिवर्तनको खेलमा लागे समयमा संबिधान नबन्ने उनको भनाई थियो । नेकपा एमालेकै केन्द्रिय कमिटिको बैठकमा एमालेका नेताहरुले सरकारका मन्त्रीहरुको माग गरिरहेकै बेला नेता केसीले यस्तो बताएका हुन । उनले सरकार परिवर्तन तर्फलागे संबिधान निर्माण आझेलमा पर्ने भन्दै यसै सरकारबाट संबिधान निर्माण गर्नुपर्ने उनले बताए । संबिधान निर्माण र शान्तिप्रक्रिया प्रमुख राष्ट्रिय एजेण्डा भएको बताउदै संबिधान सनर्माण तर्फउन्मुख हुन सबैलाई आग्रह गरे । उनले नेकपा माओवादी संबिधान निर्माणको पक्षमा नरहेको भन्दै माओवादी सत्ता प्राप्तिको खेलमा लागेको आरोप लगाए । माओवादीले शान्ति संझौता अनुरुप काम नगरेको पनि उनले आरोप लगाए । माओवादीले आफ्नो नेतृत्वको सरकार बनाउन लागि परेको बताउदै उनले शान्ति संझौताको अनुरुप काम नगरेसम्म आफेनो पार्टी माओवादी नेतृत्को सरकार बनन नदिने दनवी गरे । उनले भने- माओवादीले आफेनो नेतृत्वको सरकार बनाउनको लागि माओवादीले कब्जा गरिएका घरजग्गा फिर्ता गर्नुपर्छ वाईसीएलको अर्ध सैनिक संरचना भंग गर्नुपर्छ, र सेनासमायोजन गर्नुपर्छ अनिमात्र माओवादी नेतृत्वको सरकारको कल्पना गर्न सकिन्छ । यदि माओवादीले आफ्नो नेतृत्वको सरकार चाहे संसदमा बहुमत पुर्याएर देखाउन समेत उनले चेतावनी दिए । आफ्नो पाटीको सर्न्दर्भमा भने उनले नेपाली काग्रेस नेतामुखी ब्यक्तिगत पार्टी जस्तो भएको भन्दै पाटीलाई नीतीमुखी र संस्थामुखी बनाउनुपर्ने उनले बताए । कार्यक्रम प्रेस यूनियन रुपन्देहीका सभापति रामरमज पोखरेलको सभापतित्वमा सम्पन्न भएको थिया
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks