Loving nepal news

Tuesday, March 30, 2010

योग गुरु रामदेवको राजनैतिक वक्तव्य

विजेता सिंह/जनकपुर,चैत १७ गते

योग गुरु स्वामी रामदेवले नेपालको २५ राजनीतिक दल ५ योगमा परिवर्तन भए देशमा सजिलै शान्ति आउने बताउनु भएको छ । विश्व प्रसिद्ध स्वामी रामदेव सोमबार जनकपुरमा पत्रकार हरुसँग कुराकानी गर्दै नेपालको असल मित्र राष्ट्र भारत रहेको समेत बताए । रामदेवले चिनलाई इशारा गर्दै नेपालको असल मित्र राष्ट्र छ भने भारत जस्तै नेपालको असल मित्र राष्ट्र छ भने भारतजस्तै नेपालसँगको सिमाना खुल्ला गर्न चुनौती दिए । पत्रकारको जिज्ञासामा स्वामीले धर्म निरपेक्षका हुदैँन, र्सवधर्म सम्भाव हुनुपर्ने बताए । र्सवधर्मको साथसाथै स्व धर्मको आवश्यकता रहेको वताउँदै रामदेवले समाजिक एकता सँगै समृद्ध नेपाल बनाउँदै राजनीतिमा योगको आवश्यकता रहेको बताए ।
पत्रकारको जिज्ञासामा रामदेवले जानकी मन्दिरबाट निश्चित दुरीसम्म बलि दिने कार्य रोक्नुपर्ने बताए । जँगलबाट युद्ध थालेको माओवादी लोकतान्त्रिक नेपालको सरकारमा सहभागी भएको क्रान्तिकारी पार्टी पनि योगले स्थान पाएको बताउँदै रामदेवले काठमाडौँ सहित तिन ठाउँमा योग पाठशाला खोल्न लागेको र चौथो चरणमा जनकपुरमा समेत योग पाठशाला खोल्ने इच्छा रहेको बताए । सोमबार साढे ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर आई पुगेका स्वामी रामदेवलाई दर्शन गर्न सयौँ व्यक्ति जनकपुर आएका थिए । जनकपुर आउँदा र्सवप्रथम जानकी मन्दिर दर्शन गर्न पुगेका स्वामीलाई जानकी मन्दिरलाई भव्य स्वागत गरिएको थियो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवको अनुपस्थितिमा शिष्य रोशन दासले रामदेवलाई स्व्ाागत गरेका थिए । रामदेवले जानकी मन्दिरको दर्शन र स्वागत कार्यक्रम सहित करिब पैतालिस मिनेट जानकी मन्दिरमै बिताएका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सिता नारी भएर पनि भग्वान श्रीराम भन्दा अगाडी रहेकी र जो कोहीले पनि सिताराम जाप गर्ने गरेको बताए । जनकपुरको जानकी मन्दिर वर्षौ देखि हाम्रो संस्कृतिको सम्बाहक बनेको बताउँदै सिता महिला जगतकै लागि आर्दश बनेकी बताए । जानकी मन्दिरको दर्शन पछि स्वामी रामदेव वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले तिरहुतिया गाछीमा आयोजना गरेको प्रवचन कार्यक्रममा सहभागी भएका थिए ।
प्रवचनमा रामदेवले क्रान्तिविर नेपाली र जनकपुरवासी अनुशासित रहेको प्रसँसा गरे । झण्डै १ घण्टासम्म प्रवचन दिएका रामदेवले जनकपुरमा आफ्नो लागि एक दिनको समय प्रयाप्त नभएको बताए । जनकपुर आउन आफुले ढिलो गरेको महशुस गरेको जनकपुर भुमि पुण्य रहेकोले पाउँमा ' खराम' नलगाएको बताए ।
केहि दिनपछि तिनचार दिनको योग शिविर जनकपुरमा आयोजना रामदेवले इच्छा प्रकट गरे । प्रवचनमा स्वामी रामदेवको साथमा आयुर्वेद शिरोमणी आर्चाय बालकृष्ण समेत सहभागी थिए । प्रवचनमा हजारौँ व्यक्ति सहभागी थिए । स्वामी रामदेवको जनकपुर आउनु अगाडी देखि नै दर्शनार्थिहरुको चहलपहल बढेको थियो भने सुरक्षा व्यवस्था सोमबार विहानैदेखि कडा बनाइएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks