चिरञ्जीवी मास्के/ दोलखा २५ फागुन
झण्डै डेढ अर्बको प्रस्तावित बजेट पारीत गदै जिल्ला विकास समिति दोलखाको १६ औ जिल्ला परिषद् बैठक आज सम्पन्न भएको छ । बैठकले जिल्लाको समग्र विकासको लागि पर्यटन, जलश्रोत, सञ्चार, शिक्षा, स्वास्थ्य, सडक जस्ता कुरालाई प्राथमिकता दिदै आर्थिक बर्ष०६७/०६८ को लागि जिल्ला विकास समिति र मातहतमा सञ्चालित कार्यक्रम तर्फ४८ करोड ३० लाख ५८ हजार ९ सय २५ रुपैया, विषयगत कार्यालयहरु तर्फ८३ करोड १ लाख ९३ हजार ७ सय ९० रुपैया र संघ संस्थाहरु तर्फ१० करोड ४४ लाख ८५ हजार ३ सय ९५ रुपैया गरी चालु खर्च समेत गरी १ अर्ब ४१ करोड ७७ लाख ३८ हजार १ सय १० रुपैया अनुमानित बजेट पारीत गरेको हो ।
जिल्ला विकास समिति दोलखाको स्थानिय विकास अधिकारी शङ्करबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद्हरु हेमबहादुर श्रेष्ठ, जीपछिरीङ लामा र शान्ति पाख्रिन, एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाई, एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण भुजेल, एकिकृत नेकपा माओवादी दोलखाका सचिव हिमाल शर्मा, नेपाली कांग्रेस दोलखाका सभापति देवी न्यौपाने, नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ, राप्रपा दोलखाका अध्यक्ष नरबहादुर पाख्रिन, पर्ूवसांसद आनन्दप्रसाद पोखरेल र इन्द्रबहादुर खड्का, सहायक प्रजिअ प्रकाशचन्द्र अधिकारी, नागरिक समाजका प्रतिनिधि चिरञ्जीवी मास्के, जनहित नागरिक समाजका सचिव लक्ष्मण खड्का, पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर, माथिल्लो तामाकोशी सरोकार समितिका अध्यक्ष दिव्यध्वज कार्की, दोलखा उद्योग बाणिज्य संघका महासचिव सजल कार्की, गाविस सचिव तर्ीथराज घिमिरे र जिविसका आलेप अधिकृत जगदिश सेर्ढाईले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks