गणेश निरौला इटहरी, १८ फागुन
नेपालमानै पहिलो पटक सुनसरीकोर् इटहरीवाट क्षेत्रिय टेलिभिजन संचालन हुने भएको छ। केवल नेर्टवर्कवाट प्रसारण हुने मकालु मिडिया प्रा. लि. ले पूर्वी नेपालका विभिन्न जिल्लामा आफ्नो प्रसारण गर्ने जनाएको छ । टेलिभिजनले कार्यक्रम उत्पादन तथा प्रसारणको पूर्व तयारीका लागि आजदेखि तालिम सुरु गरेको छ। समाचार सम्पादन, लेखन, क्यामेरा म्यान, स्क्रिप्त लेखन, वजार व्यवस्थापन, मनोरञ्जनात्मक कार्यक्रम संचालन सहित ८ विधामा तालिम संचालन गरिने टेलीभिजनका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । तालिमको वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका संस्थापक नीर शाहले उद्घाटन गर्नुभएको थियो । सुनसरी र मोरङ्गका १८ जना ब्यापारी संचारकर्मी सहित नीर शाहको समेत टेलीभिजनमा संचालनमा सहभागिता रहेको जनाइएको छ ।
उद्घाटनका क्रममा वोल्दै वरिष्ठ चलचित्रकर्मी तथा टेलिभिजनका संस्थापक शाहले नेपालमा धेरै टेलिभिजनहरु स्थापना भएर संचालन भईरहेको सर्न्दर्भमा यस मकालु मिडिया प्रा. लि. ले नेपालको राष्ट्रियता, भाषा, धर्म र संस्कृतिको संरक्षणलाई मुख्य आधार वनाएर अघि वढ्ने विश्वास व्यक्त गर्नुभयो ।
शेयर सदस्य समेत रहनु भएका शाहले नेपाली भावनाले प्रेरित भएर निष्ठापुर्वक आम नेपाली जनताको चाहाना अनुरुप मनोरञ्जनात्म कार्यक्रमलाई प्राथमिकता दिदै टेलीभीजन अघि बढ्नेपनि दृढता ब्यक्त गर्नुभयो । सोही समारोहमा शाहलाई नेपालको चलचित्र क्षेत्र र टेलिभिजनको विकासमा पुर्याएको योगदानको कदर गर्दै मकालु मिडिया प्रा.लि.ले सम्मान गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks