काठमाडौं, २ चैत्र (दैनिकी)
शन २००९ मा आमिरको जीवनमा निकै तल माथी भयो। एकातीर उनको पत्नी किरण राव को गर्भपात भएको थियो,उनके पिताको यसै बर्ष मृत्यू भएको थियो भने अर्कातीर उनको चलचित्र ‘३ इडियट्स’ ले बलिउडमा ईतिहाँस कायम गर्न सफल भएको थियो। यस बारेमा आमिरले, ‘जिन्दगी यस्तै नै हो। सबैले दुःख सुःख संगै लिएर हिड्नु पर्छ, दुःखले नै मानिसलाई बलियो बनाउँछ।’ भनेर भने।
उता बलिउडमा शाहरुख खानको चलचित्र ‘माय नेम इज खान’ ले आमिरको ‘३ इडियट्स’ ले भन्दा बढी व्यापार गरेको बारेमा आमिरले, ‘मलाई अरुको चलचित्रको बारेमा केही भन्नु, तर म कहिले पनि आफ्नो चलचित्रको आम्दानीको बारेमा झुठो बिवरण दिन्न, यसले आफुले आफैलाई धोखा दिए झै हुनेछ। भनेर कडा प्रतिक्रिया जनाएको छ।
दर्शकहरुको माया तथा प्रतिक्रियाहरु सबभन्ला महत्वपूर्ण हुन्छ न कि तपाईले कति टिकट बेच्नु भयो। मैले अझ राम्रो गर्ने प्रयास गर्नेछु। मैले अरुको बारेमा केही भन्न चाहान्न तर मेरो चलचित्र ३ इडियट्सले कती कमायो सबैलाई प्रष्ट थाहाँ छ।’
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks