प्रमुख पार्टीहरु बीचको सहकार्य,संकल्प र अठोटको अभावमा सत्तासिन आफ्नो दल संङ्कटको घेरामा
डिएम चाम्लिङ राई/खोटाङ ,२९ फागुन
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रमुख तीन पार्टीहरु एकतावद्ध भएर अघि बढे निर्धारित समयमै नयाँ संविधान जारि गर्न सकिने बताउनुभएको छ। प्रमुख पार्टीहरु बीचको सहकार्य, संकल्प र अठोटको अभावमा सत्तासिन आफ्नो दल अहिले संङ्कटको घेरामा परेको बताउनुभएको छ। नेकपा एमाले खोटाङको पाँचौ जिल्ला अधिवेसन उद्घाटन गर्न दिक्तेल आउनुभएका अध्यक्ष खनालले आज (शनिबार) बिहान पत्रकारहरु समक्ष बोल्दै यस्तो बताउनुभएको हो। उहाँले जनताको संविधान बनाउने महत्वपूर्ण समय खेर गईरहेको बताउँदै आगामी जेष्ठ १४ गतेभित्र नयाँ संविधान जारी गर्न सकिने सम्भावना प्रशस्त रहेको पनि बताउनुभयो।
प्रमुख प्रतिपक्षि दल एकीकृत नेकपा माओवादीलाई उग्रवामपन्थी र नेपाली कांग्रेसलाई दक्षिणपन्थी यथास्थितीवादीको संज्ञा दिदै अध्यक्ष खनालले तीन पार्टीको एकता बिना नयाँ संविधान, शान्ति स्थापना र अमन चयनको वातावरण सृजना नहुने बताउनुभयो। अध्यक्ष खनालले भन्नुभयो माओवादीको उद्दण्डतावादी प्रवृत्तिको कारण र कांग्रेसको यथास्थितीवादी चिन्तनका कारण जनताको संविधान ओझेलमा पर्दैछ।'
यी पार्टीहरुको यस्ता प्रवृत्तिबाट सचेत र सतर्क भएर अघि बढेमात्रै नेकपा एमाले अग्रगतीतर्फ लाग्ने बताउनुभयो। अहिले नयाँ पार्टीको हैसियतले एकीकृत माओवादीले उद्दण्ड व्यवहार गरिरहेको बताउँदै खनालले बढि उग्रता प्रदर्शन नगर्न समेत आग्रह गर्नुभयो। उदण्ड व्यवहार विचारद्धारा गर्नुपर्ने बताउँदै हत्या, हिंसा, लाठ्ठी मुङ्गा्र भाला, खुकुरी र हतियार प्रदर्शन गरेर आफैले शान्ति भाँडेको उहाँले आरोप लगाउनुभयो।
यस्ता प्रकारका माओवादीको क्रियाकलापप्रति एमाले चिन्तित भएको बताउँदै उहाँले निर्धारित समयमा नयाँ संविधान जारी नभए प्रमुख दोष माओवादीलाईनै जाने बताउनुभयो। राष्ट्रलाई सहि ढङ्ग र व्यवस्थित तरिकाले अगाडि बढाउन उग्रवामपन्थी र यथास्थितीवादी सोचका कारण नसकिएको बताउँदै उहाले यस्तो व्यवहारबाट सच्चिन माओवादीलाई आग्रह गर्नुभयो।
त्यस्तै एमाले पार्टीभित्र दुई चिरा पर्न लागेको कुराप्रति ईङ्गीत गर्दै पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष खनालले भन्नुभयो –…एमाले केन्द्रमा भएको विभाजन र समानान्तर जिल्ला कमिटिहरुको कुराहरु केहि व्यक्तिहरुले देखेको दृष्टिदोष मात्रै हो, अनुशासनहिनता, अराजकता व्यवहार देखापरेपनि समाधान भईसकेको उहाँले बताउनुभयो। राष्ट्रिय राजनीतिलाई अगाडि बढाउनका लागि दृढ संङ्कल्पका साथ आफूहरु अगाडि बढिरहेको बताउँदै खनालले यसका लागि जस्तोसुकै त्याग, तपस्या र वलिदान गर्न पनि आफूहरु तयार रहेको बताउनुभयो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks